६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पाँच दलीय गठबन्धनको बैठकमै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न कांग्रेस नेताको माग


२९ चैत, काठमाडौँ । पाँच दलीय गठबन्धनको बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न कांग्रेस नेताले माग गरेका छन । चुनावी तालमेलको फाइनल मोटालिटी बनाउन बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री शर्मालाई समयमै बर्खास्त गरेर सम्भावित दुर्घटना टार्नुपर्ने बताएका थिए ।

कांग्रेस नेताले गठबन्धनकै बैठकमा यस्तो माग गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मामात्र नभइ कार्यसम्पादन हेरेर अरू पनि केही मन्त्री फेर्नुपर्ने प्रस्ताव गरेका छन । तर कांग्रेस नेताहरूले भने शर्मालाई तत्कालै बर्खास्त गर्न माग गरेका छन ।

पूर्व अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महतले अर्थमन्त्रीलाई थुन्नुपर्ने ठाउँमा गभर्नर हटाइएको भन्दै रोष प्रकट गरेका छन । अबैध धनका लागि अर्थमन्त्री जे जे हर्कत गरिरहेका छन त्यो सब गलत रहेको उनको ठहर छ । त्यस्तो कुरामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले साथ दिन नहुने उनले बताएका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ११:२०