६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

‘म्यानेजर अफ दी इयर’ बाट एन आई सी एशियाका सिइओ रोशन कुमार न्यौपाने सम्मानित


२७ चैत, काठमाडौँ । आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर’ २०२२ बाट सम्मानित भएका छन । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पु¥याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै सन् २०२२ को ‘म्यानेजर अफ दी इयर’ बाट न्यौपानेलाई सम्मानित गरेको हो ।

सम्मानित भएपछि उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताएका छन् । ‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु।’

न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ । बैंकले वहाँको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

नेपालको वित्तीय इतिहासमा हासिल भएका उपलब्धीहरू मध्ये उपरोक्त उपलब्धीहरू ऐतिहासिक हुन् । उल्लेखित परिसूचकहरूमा बैंकलाई सर्वोत्कृष्ट स्थानमा पु¥याउनुका साथै नेतृत्व सम्हालेको छोटो समयमै देशभर करिब ३६ लाख भन्दा बढी ग्राहक महानुभावहरूसँग शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न र विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय सूचकांकहरूमा देशको सर्वोत्कृष्ट बैंकको रुपमा स्थापित गराउन वहाँको नेतृत्वमा बैंक सफल भएको छ ।

न्यौपाने‘प्रबल जनसेवा श्री (चतुर्थ)’, कर्पोरेट सिइओ अफ दी इयर २०७८, ग्लोबल विजनेश आउटलुक लण्डनबाट ब्यांकिङ सिइओ अफ दी इयर नेपाल २०२१ बट समेत सम्मानित भएका थिए । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १८:०७