१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

४० करोड छुटाउन अर्थमन्त्रीले दबाब दिनु गलत हो, भाग्ने दिन नआओस्ः सुरेन्द्र पाण्डे


२७ चैत, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन । आज एमालेका पूर्व अर्थमन्त्रीहरूको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले कानून विपरीत काम गरेको बताए ।

अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैरकानुनी भएको बताए । अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उहाँले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गर्नुभयो । उनले भने ‘श्रीलंकामा अर्थमन्त्री भागेको सुन्दैछु, कतै यो दिन त नआओस् नेपालमा ।’

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १५:१०