६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एमालेका तर्फबाट तीन पूर्व अर्थमन्त्रीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ


२७ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर हटाउने गलत निर्णय लिए‍को बताएको छ । एमालेले तीन पूर्व अर्थमन्त्री र दुइ योजना अायोगका पूर्व उपाध्यक्षसँगै राखेर आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ ।

‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन,’ एमालेले भनेको छ । तीन पूर्व अर्थमन्त्रीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ ।’ विज्ञप्तिको पूर्ण पाठ तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १४:१४