६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तीन पूर्व अर्थमन्त्री र दुई पूर्व उपाध्यक्षको उपस्थितिमा एमालेले मुलुकको आर्थिक अवस्थाको अवगत गराउने


२७ चैत, काठमाडाैँ । नेकपा एमालेले तीन पूर्थमन्त्री र दुई राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा पत्रकार सम्मेलन गरेर वर्तमान अर्थतन्त्र र सरकारले आफ्नो गल्ती लुकाउन गभर्नरमाथि गरेको आक्रमणका बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । एमालेले आइतबार दिउँसो ललितपुरमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कडेँलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन मार्फत एमालेले आफ्नो धारणा राख्ने छ । सरकारले चुनावका लागि ल्याउन लागेको अबैध ४० करोड छुटाउन सहयोग नगरेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । सरकारले छानविनका लागि गठन गरेको समितिमा भने अर्थमन्त्री जनार्दन शर्माका दाइ पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीलाई संयोजक बनाएको छ ।

पहिल्यै प्रतिवेदन तयार गरेर छानविन समिति गठन गरिएको शंका धेरैले गरेका छन । अर्थमन्त्रीको गलत कदमको चौतर्फी बिरोध भैरहेको छ । नेपाली कांग्रेसको त केन्द्रीय कार्यसमितिको बैठकमै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरिएको थियो । तर अर्थमन्त्रीमाथि हुनुपर्ने कारबाही गभर्नर माथि भएको भन्दै समाजिक सञ्चाल मार्फत सरकारको तीव्र आलोचना भैरहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०९:०४