रसुवामा सडक अवरुद्ध भएपछि हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश
१ भदाै, रसुवा । रसुवाको धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमन अबरूद्ध भएको छ । बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली डोजरको सहायताले आवतजावत गराइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो ।
करीब १५ मिटर दूरीको पहिरो क्षेत्रबाट सहज रुपले सडक खुलाउन डोजरको सहायताले ढुङ्गा फुटाउने काम तीव्ररुपमा अगाडि बढिरेहको बताउँदै डोजर अप्रेटर निमा लामाले छेउको जग कमजोर भएकाले त्यसको कुनातर्फ सडक खोल्ने प्रयास गरिएको जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएपछि मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रुलाई समेत कठिनाई भएको छ । अहिले उनीहरु स्याफ्रुवेशीबाट हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश आवतजावत गर्न थालेको छ । हिजो मात्र चार वटा उडान भरेको श्री एयरले जनाएको छ ।
आँशिक रुपमा धुञ्चे क्षेत्रको पहिरो खोली पठाइएको मिनी ट्रक टिमुरेतर्फ जाँदै गर्दा हिजो अपराह्न टिमुरेको तातोपानी क्षेत्रमा आएको पहिरोमा परी त्यसमा सवार चार जना घाइते भएका छन् । घाइतेमध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : August 17, 2018 at 8:15 am









