१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निराैँला र उपाध्यक्ष भुजेलले फिर्ता गरे गाडी

२५ चैत, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् ।

ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । निराैला नेपाली कांग्रेसबाट र भुजेल एमालेबाट गत चुनावमा विजयी भएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार १०:३७