१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

प्रोग्रेसिभ इञ्जीनियर्स एशोशिएशनको अध्यक्षमा डा लामिछाने

२५ चैत, काठमाडाैँ । प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, ध्रुवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन हुनुभएको छ ।

अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभयो । अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ११:३९