११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

२५ चैत, काठमाडौँ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । सीईओ खुञ्जेलीले ४ बर्षे कार्यकाल सकिन ५ दिन बाँकी हुँदा नै राजीनामा दिएकी हुन् ।

सीईओ खुञ्जेली २०७४ चैत ३०मा  मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन् । उनको कार्यकाल चैत ३० मा सकिने छ । उनको कार्यकाल सकिने मिति नजिक आएसँगै उनले राजीनामा दिएकी हुन् ।

४ वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी सीईओ खुञ्जेली वाणिज्य बैंकहरुमध्ये एक मात्रै महिला सीईओ हुन् । खुञ्जेलीले मेगा बैँकलाई पछिल्लाे समय खुलेका बैँकहरूमध्ये अब्बल बनाएकि थिइन ।

उनकाे राजीनामा बैंकको सञ्चालक समितिले भने स्वीकृत गरि सकेको छैन् । दोस्रो कार्यकाल दोहोर्याउने चाहाना रोखेकी सीईओ खुञ्जेलीले सञ्चालक समतिले दोर्होयाउन नचाहेपछि राजीनामा दिएकी हुन् । खुञ्जेलीले बुधबार बसेकाे सञ्चालक समिती बैठकमा राजिनामा दिएकी हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १०:३९