६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त


२४ चैत, काठमाडाैँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका सुनिल पौडेल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले दैनिकीलाई जानकारी दिए । पाैडेलसहित तीन जनाको नाम सिफारिस समितिले सिफारिस गरेको थियो ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । जसमा टेलिकमकै निर्देशक सङ्गीता पहाडी अर्याल, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलको नाम पठाइएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १९:५३