१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

गोविन्द बन्दीले लिए कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ

२४ चैत, काठमाडाैँ । नेकपा एस निकटका अधिवक्ता  गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ लिएका छन । बिहीबार दिउँसो शितल निवासमा आयोजित समारोहमा उनले कानुन मन्त्रीको सपथ खाएका हुन ।

नेकपा एकीकृत समाजवादीको कोटामा कानुनमन्त्रीमा नियुक्त भएका गोविन्द बन्दी अध्यक्ष माधवकुमार नेपालको परिवारका नातेदार समेत हुन । उनी माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेका साढुँभाइ हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गैरसांसद अधिवक्ता बन्दीलाइ संविधानको धारा ७८ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीमा नियुक्त गरेकी हुन ।

बन्दी परमादेश जारी गराएर शेरबहादुर देउवालाइ सिधै सर्वोच्चबाट प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेल्ने मध्येका एक प्रमुख पात्र हुन । बन्दी तीनै व्यक्ति हुन जसले प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको विरूद्धमा सर्वोच्च आन्दोलन गराउन समेत भूमिका खेलेका थिए ।

बन्दीले यसअघि कानुनमन्त्री नबनाएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुखको पद अस्वीकार गरेका थिए । त्यसपछि उनले श्रीमतिलाइ न्यायाधीश बनाउने ध्येका साथ सर्वोच्चको आन्दोलनमा सघाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १५:१२