१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कांग्रेस नेता बमबहादुर तामाङको नेतृत्वमा मदानपुरको एउटा सिङ्गो टोल नै एमाले प्रवेश

२३ चैत, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कांग्रेस नेता बमबहादुर तामाङको नेतृत्वमा मदानपुरको एउटा सिङ्गो टोल नै एमाले प्रवेश गरेको छ । उक्त टोलका २० जना नेपाली कांग्रेसका क्रियाशिल सदस्यले संयुक्त रूपमा कांग्रेस परित्याग गरी  र बाँकी २१ जनाले माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेको एमाले नेता पशुपति लोहनीले जानकारी दिए ।

सोही वडाका वडा अध्यक्ष समेत रहेक लोहनीले पार्टी प्रवेशका लागि अन्य धेरै पनि अनुरोध गरेको बताए । आफ्नै गाउँले इतिहासकै पहिलो पटक विकासप्रेमी मन्त्री र नगर प्रमुख पाएको र नगरपालिकामा विकास मुलहरु फुट्नथालेकोले एमाले प्रवेश गरेको बमबहादुरले बताएका छन ।

कांग्रेसमा ३० वर्षपछि लागेकोमा पछुतो लागेको भन्दै बमबहादुरले ढिलै भएपनि आफूमा सही निर्णय लिने विवेक देखिएको बताए । उनले गाउँको विकास गर बजेट ल्याउ भनेर कांग्रेस नेतालाइ अनुरोध गर्दा आफूलाइ खानेकुरा बोकेर आउने तर जनताका लागि केही नदिएको उनले बताए ।

एमालेमा प्रवेश गराउदै नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले देश, जनता र राष्ट्रको हितको लागि काम गर्ने एमाले नै रहेको बताए । उनले जनताले पत्ताएर ठाउँदिएकाले आफूले केही कामको सुरूवात गरेको र भोलिका दिनमा अझै बढी काम गर्दै जाने बताए ।

सोही अवसरमा बागमती प्रदेश कमिटी सदस्य तथा बेल्कोटगढी नगरपालिकाको प्रमुख राजेन्द्र रमण खनालले गाउँगाउँ र टोलटोलमा एमालेकै नेतृत्वमा विकास हुने बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १७:१९