२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

कांग्रेस नेता विनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको विद्यालयको कक्षा ८ बन्द

–भबिश्वर पाण्डे
३० साउन,कावासोती । उद्योगपति बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द हुने भएको छ । चौधरीले सञ्चालन गरेको बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती पाएको भन्दा पनि माथिलो कक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी बर्दाघाट सुस्ता पूर्बले तत्काल उक्त्त कक्षा बन्द गर्न निर्देशन दिएको हो । बिभिन्न समाचार माध्यममा कानुन, धज्जी उडाउदै बिनोद चौधरी भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी (बर्दघाट सुस्ता )पूर्बले यस्तो निर्देशन दिएको हो । बिनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमति लिई अबैधरुपमा कानुनको धज्जी उडाउदै कक्षा ८ पनि संचालन गरेको थियो ।

मिति २०७५ साउन १८ देवचुली नगरपालिका स्रोतब्यक्ति दुर्गादत्त सापकोटालाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको र उक्त्त प्राप्त्त प्रतिबेदनको आधारमा वैदिक कर्मकाण्ड गुरुकुलले सञ्चालन गरेको कक्षा ८ बन्द गर्ने निर्देशन दिएको जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी पूर्बका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए । मिति २०७५ साउन २९ गते मगलबार ईकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले एक पत्र काटदै अनुमति बिना सञ्चालन भएको कक्षा तत्काल बन्द गरी जानकारी दिन वैदिक कर्मकाण्ड गुरुकुललाई निर्देशन दिएका छन् । पत्रमा त्यस गुरुकुलले कक्षा ६ र ७ को अनुमति प्रात्त गरेको तर ८ को कक्षा सञ्चालनको अनुमति नगरेको भन्ने प्रतिबेदन प्रात्त भएकोले अनुमति प्रात्त गरेपछि नियमअनुसार चल्ने गरी हाललाई अनुमति बिना सञ्चालन भएको कक्षा ८ तत्काल बन्द गरी यस कार्यालयमा जानकारी दिनुहुन भनि पत्रमा उलेख छ ।

देबचुलि नगरपालिका भित्र रहेको चौधरी उद्योग ग्राम भित्र सञ्चालित बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती बेगर कक्षा सञ्चालन गरेको र बिद्यार्थिको स्वास्थ्यलाई पत्यक्ष असर पर्ने बातावरणमा कक्षा सञ्चालन गरेको समाचार आएपछि शिक्षा ईकाइको यस्तो निर्देशन दिएको बुझिएको छ । यता सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले आफुहरुले कक्षा ८ सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले मात्र कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् ।

जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले भने, मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न नपाइृने भएकाले उक्त्त कक्षा बन्द गर्न निर्देशन दिएको बताएका छन् । सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कानुन बिपरत शिक्षा ऐन नमानेको पाईएमा सञ्चालित कक्षा र अन्य अनुमती समेत खारेज हुन सक्ने देबचुलि नगर शिक्षा ईकाइ प्रमुख मोति रिजालको भनाई छ । समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य समेत रहेका उद्योगपति बिनोद चौधरीले यसरी कानुनको धज्जी उडाउदै पंहुचको आधारमा स्कुल खोलेको स्थानियको आरोप समेत लगाउने गरेका थिए ।

बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा लिने गरीएको भएपनि अझैपनि नेपालका एक मात्र अरबपती बिनोद चौधरीले उत्पादन गर्ने बियर कम्पनी सगै यसरी बिद्यालय खोल्नु कानुन बिपरीत रहेको देबचुलि नगरपालिका शिक्षा ईकाइ प्रमुख मोतिरिजालको भनाई छ । अब कक्षा ८ सञ्चालनका लागी नगर शिक्षामा निबेदन दिएकोले अब उक्त्त क्षेत्रको बाताबरण र अध्यापन हुने क्षेत्रको गम्भिररुपमा अध्यन गरी नगरकार्यपालिकाले अनुमती दिने नगरशिक्षा अधिकारी मोती रिजालले बताए । उनले भने, बियर उद्योगले बिद्यार्थीहरुमा असर पार्न हुदैन् त्यस्तो भए कुनै कक्षाको पनि अनुमति दिन सकिदैन ।

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार ०८:५८