१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

‘भोट केमा ? सूर्यमा’ भनेर टिकटक बनाए एक लाख रूपैयाँ नगद नै पाइने !

२२ चैत, काठमाडाैँ । नेकपा एमालेको साइवर सर्कलले करिव ४ लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । आगामी स्थानिय निकायको चुनावलाई लक्षित गर्दै सोमवार एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन्।

‘समृद्व नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पुरा गर्ने र स्थानिय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साईबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपालसाइवर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरुलाई चर्चित भिडियो प्ल्याट फर्म टिकटक मार्फत नविनता र सृजनशिलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आहवान गर्दै उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्नुहुन आह्वान गरेको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि मस्ट पपुलर र क्रियटिभ दुई विधामा तिन तिन जनालाई पुरस्कार वितरण गरिनेछ । जसमा प्रथमले रु एक लाख, द्धितीयले रु पचास हजार र तृतीयले पच्चिस हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगीता चैत्र २१ गतेबाट सुरु भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्नेछ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुनेछ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नेछन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरु लागु हुने साइवर सर्कल प्रमुख भण्डारी जानकारी दिए। ।

टिकटक भिडियो २०७८ चैत्र २१ गते देखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्याक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सिपिएन यूएम एल, साइवर सर्कल नेपाल, आइएम विथ केपी ओली लगाएतका ह्यासट्याग प्रयोग गर्नुपर्ने छ समेत प्रमुख भण्डारीले जानकारी दिए ।

@dainiki.com

‘भोट केमा ? सूर्यमा’ भनेर टिकटक बनाए एक लाख रूपैयाँ नगद नै पाइने !

♬ original sound – dainiki.com – dainiki.com

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १७:२३