२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको प्रधानमन्त्री देउवाद्धारा उद्घाटन (LIVE)


२२ चैत, काठमाडाैँ । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् । दिउँसो २ः३० बजे प्रधानमन्त्री देउवाले बन्दरगाह उद्घाटन गरेका हुन । वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरे ।

२२८ रोपनी क्षेत्रमा फैलिएको यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि अब तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुने भएको छ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यार लाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले राहत पाउनेछन ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १५:१५