६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ सम्पन्न उत्कृष्ट ३ चलचित्रलाई ५ लाख नगद पुरस्कार


२२ चैत, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित ‘एनवाइएफ शर्ट मुभी कम्पिटिशन २०७८’ भव्यताका साथ सम्पन्न भएको छ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सोमबार प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा ‘प्रश्न’ नामक लघु चलचित्र प्रथम भएको छ भने क्रमश: एसओपी र खाली सीसीले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । विजेता लघु चलचित्रलाई ट्रफी र प्रमाणपत्रसहित क्रमश: रु २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाखको नगद पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कार वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले विशेष उपस्थिति जनाएका थिए । कुल ७५ प्रतियोगी चलचित्र को सहभागीता रहेको उक्त शर्ट मुभी कम्पिटिशन ‘म केही गर्छु’ भन्ने मुलभाब सहित युवाहरुमा सकरात्मक सोच बिकास गराउन र उनिहरुको सोच र श्रीजनशिलताको पहिचान,प्रस्फुटन र प्रवर्धन गर्नु यस्को मुख्य उदेश्य रहेको संघका संयोजक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । संयोजक पौडेलका अनुसार कोभिड-१९ महामारीले नेपालीलाई घरभित्रै बन्धक बनाएका बेला ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताको सुरुवात गरिएको थियो ।

यो बेला युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ ईङेजमेण्ट लाई ध्यान दिदै यस् प्रतियोगोताको अवधारणा तैयार भएको ब ताए । प्रतियोगिताको पहिलो चरणमा युवा वर्गलाई आफ्नो रचनात्मक प्रस्तुतीका लागि लघु चलचित्रको पटकथा बुझाउन आह्वान गरिएको थियो । युवाहरुबाट पटकथा प्राप्त पटकथा मध्ये ७५ वटा पटकथा ‘म केही गर्छु’ लघु चलचित्र प्रतियोगिताका लागि चयन गरिएको थियो । चयन गरिएका ७५ वटा पटकथाबाट ४५ वटा पटकथालाई लघु चलचित्र निर्माणका लागि चयन गरिएको हो ।

विभिन्न चरणबाट निर्माण गरिएका ४५ वटा पटकथाबाट १० वटा लघु चलचित्र चयन गरियो र अन्तिममा १० वटा चलचित्र मध्ये सोमबारको समारोहमार्फत् तीनवटा लघु चलचित्रलाई विजेता घोषणा गरिएको हो । साथै सोही कार्यक्रमबाट राष्ट्रिय युवा संघ नेपालकै साइबर सर्कल विभागले रु ६ लाख पुरस्कार राशीको ‘निर्वाचन र नेकपा एमाले’ शीर्शकको टिकटक भिडियो प्रतियोगितसमेत घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १४:३९