१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

जाजरकोटको नमुना बन्यो नलगाड, सबै वडा कार्यालय आफ्नै भवनमा

२२ चैत, काठमाडाैँ । नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेकाे छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेकाे छ । दल्लीस्थित नगरपालिकाकाे नयाँ भवनमा ३५ वटा काेठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।

नगरपालिकाकाे केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उनले बताए । पालिकाकाे १५ बेडकाे नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

त्रिवेणी नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल र उपप्रमुखमा माओवादी केन्द्रकै बालकुमारी बस्नेत विजयी भएकी थिइन ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलवार १४:००