२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंक लिमिटेडले दियो १५ लाख २५ हजार


२१ चैत, काठमाडाैँ । नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई बैंकले मेडिकल उपकरण खरिद १५ लाख २५ हजार रूपैयाँ प्रदान गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन । सोमबार सो रकम उपलब्ध गराउने निर्णयपछि बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पु¥याएका सम्मानित व्यक्तित्व स्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

सहयोगबाट अस्पतालले त्यस क्षेत्रका सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत प्रमुख कार्यकारी अधिृकत अधिकारीले गरेका छन । स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्दै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सिंहले पु¥याएको योगदानलाई सम्मान गर्दै नेपाल बैंकले गरेको सहयोगका लागि धन्यवाद दिए ।

उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार २२:३८