१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमालेले कार्यकर्ताको भावना कुल्चेको हेर्न सकिन संगठित सदस्यता समेत त्यागेँः कार्की

२१ चैत, हेटाैँडा । नेकपा एमालेको संगठित सदस्य समेत रहेकी कलाकार एवं जनसांस्कृतिक महासंघ मकवानपुरकी सचिव रेश्मी कार्कीले पार्टी त्याग गरेकी छिन । एमालेभित्र हुकुमीतन्त्र हावी भएको र कार्यकर्ताको भावना बारम्बार कुल्चिएकोले अाफूले संगठित सदस्यता समेत त्यागेको उनले बताएकी छिन ।
उनले मकवानपुरका पार्टी अध्यक्षलाइ सम्बाेधन गरेर राजिनामा बुझाएकी छिन । कार्कीले अहिले सम्मको अवधिमासँगै पार्टीगत र मोर्चा संगठनमा रहेर साथ र सहयोग गर्ने सबैमा विशेष धन्यवाद दिएकी छिन । उनले एमालेमा नरहे पनि सामाजिक सद्भभावको नाता उस्तै रहने बताएकी छिन ।

प्रकाशित मिति : April 4, 2022 at 10:00 pm