२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त

२१ चैत, काठमाडाैँ । एनआईसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन्। नवनिर्वाचित अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

चैत २० गते सम्पन्न बैंकको २४औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको थियो । सभाले संस्थापक शेयरधनीहरूको र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालक निर्विरोध नियुक्त गरेको छ।

प्रकाशित मिति : April 4, 2022 at 3:18 pm