१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्याङ्जामा निर्माणधिन पुल भत्किँदा ८ जना घाइते

२१ चैत, पाल्पा । आइतबार राति स्याङजा चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किँदा ८ जना घाइते भएका छन्। निर्माणाधिर पुलबाट बिम सहिच कामदारहरु लडेको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दामाचौर–रामपुर पाल्पा जोडने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथी उचाली जोड्ने काम गरिरहेका श्रमिकहरु घाइते भएका हुन्। प्रहरीका अनुसार भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ बर्षीय सुजित कुमार यादब, ४८ वर्षीय रघुनाथ राव र २५ वर्षीय अनुप कुमार राव, गोरखा मिरासन गाउँपालिका ४ का २३ वर्षीय सृजन परीयार, रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय राम निवास कुमार पटेल र बारा हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन । घाइतेको पाल्पाकै मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको छ। तस्बीर साैजन्यः दिपेन्द्र गुप्ता ।

प्रकाशित मिति : April 4, 2022 at 12:18 pm