२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

मेगा बैंकको १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर बिक्रीमा


२१ चैत, काठमाडाैँ । मेगा बैंक लिमिटेडले १ लाख २९ हजार ९ सय १५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई उक्त सेयर बिक्री गरेको थियो । सो समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त सेयर अब सर्वसाधारणहरुमा बिक्री गर्न लागिएको बैंकले सुचना मार्फत जानकारी दिएको हो ।

सो संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि आफुले खरिद गर्न चाहाने कित्ता समेत उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयको सेयर शाखा, कमलादी, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १२:०६