२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा वीरगञ्जमा


२१ चैत, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा आज (चैत २१ गते सोमबार ) जारी रहेको छ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजेदेखि सुरु भएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । साथै, सभाले कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष निर्णय पनि परिवर्तन गर्नेछ।

हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ। त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत ७ गते एक दिनका लागि बुक क्लोज गरेकोे छ। त्यसैले चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश लिन र र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ११:२९