२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

युनाईटेड इन्स्योरेन्सले यस वर्ष पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने


२१ चैत, काठमाडाैँ । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । हिजो (चैत २० गते आइतबार) बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७ /७८ को मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त बैठकले गत आर्थिक बर्षको वित्तिय विवरण स्वीकृति गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को मूनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात कम्पनीले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको छैन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ११:१९