१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

देउवा कांग्रेस सभापतिको हैसियतमा विजेपी मुख्यालयमा गएका हुनः मन्त्री खड्का

२० चैत, काठमाडौँ । सरकारका पराराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिको हैसियतामा भारतीय जनता पार्टी भाजपाको मुख्यालय गएको स्पष्टिकरण दिएका छन ।

तीन दिने भारत भ्रमण सकेर देउवा आइतबार राति स्वदेश फर्किएपछि भ्रमणका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएका हुन । उनले कांग्रेस र भाजपाको सम्बन्ध विकास गर्न देउवा कांग्रेस सभापतिको हैसियतामा भाजपाको कार्यालय पुगेको बताए ।

प्रकाशित मिति : April 3, 2022 at 8:34 pm