१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली

२० चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’

शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले सो प्रश्न गरेका हुन् । देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आराेप छ ।

प्रकाशित मिति : April 3, 2022 at 2:32 pm