२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मानव सेवाको काम गर्न नेकपा एमालेले सामाजिक सेवा केन्द्रको घोषणा गर्दै

२० चैत, काठमाडौँ । नेकपा एमालेले आइतबार सामाजिक सेवा केन्द्रको घोषणा गर्ने भएको छ । काठमाडौँमा अपरान्ह एक विशेष कार्यक्रम आयोजना गरेर एमालेले केन्द्रको घोषणा गर्न लागेको हो । केन्द्रको घोषणामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन ।

परोपकार र मानवसेवाका काम गर्नेगरी एमालेले उक्त केन्द्रको घोषणा गर्न लागेको हो । यसअघि बसेको एमालेको बैठकले केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १२:२१