१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

माधव नेपाल लगायत १४ जनाको सांसद पद खारेज भए पार्टी कोल्याप्स हुने, आज सुनुवाइ

२० चैत, काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका सांसदहरूको पद रहने कि जाने भन्ने विषयमा सर्वोच्चको पूर्ण इजलाशमा आज सुनुवाइ हुँदै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिट हालेको ७ महिनापछि सो मुद्दा पूर्ण सुनुवाइमा गएको हो ।

द्दाको सुनुवाइ न्यायाधीशरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको छ ।  प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न गत फागुन २९ गते आदेश दिएको थियो ।

अदालतले एमालेको कारबाही सदर गरेमा माधवकुमार नेपाल लगायतका सांसदहरूको पद त जान्छ नै उनीहरूले अध्यादेश ल्याएर गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी पनि कोल्याप्स हुने कानुनका जानकारहरूले बताएका छन ।

प्रकाशित मिति : April 3, 2022 at 11:57 am