२० जेष्ठ २०८१, आईतवार | Sun Jun 2 2024

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ


२० चैत, काठमाडौँ । सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार ११:१०