बेदकोटका मेयरसहित सबै वडा अध्यक्ष एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गर्दै
२० चैत, कञ्चनपुर । बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित सबैजसो वडा अध्यक्ष नेकपा एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने भएका छन् । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य रहेका चन्दसहित अधिकांस नेता, कार्यकर्ता एमाले छाडेर समाजवादीमा जान लागेका हुन ।
उनीहरूले पार्टीको अर्को समूहले कत्लेअाम गर्ने नीति लिएका कारण यस्तो निर्णयमा पुगको बताएका छन । भोलि (आइतवार) बेदकोटमा आयोजित एक कार्यक्रमकाबीच समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चन्दसहितका नेता, कार्यकर्ताहरुलाई समाजवादीमा स्वागत गर्नेछन ।
मेयर चन्दसहित बेदकोट नगरपालिकाका अधिकांस (बहुमत) वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधिले समाजवादीमा समाहित हुनेभएपछि कञ्चनपुर एमालेमा सन्नाटा छाएको छ ।
प्रकाशित मिति : April 3, 2022 at 10:30 am









