१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

चितवन भरतपुर-११ मा काँग्रेस र माओवादी परित्याग गरी ७३ जना एमाले प्रवेश

१९ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका–११ को गणेशस्थानका ७३ जना नेकपा (एमाले) प्रवेश गरेका छन् । काँग्रेस र माओवादी केन्द्र परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् । गणेशधाममा आज (शनिवार) आयोजित कार्यक्रम मार्फत एमाले पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उनीहरुलाई टीका र खादा लगाएर एमाले प्रवेश गराए ।

मनोज रानामगरको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र परित्याग गरी ७३ जना एमाले प्रवेश गरेको एमाले भरतपुर–११ वडा कमिटीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए । केही दिन अघि मात्र भरतपुर ११ कै लामा टोलबाट ठूलो संख्यामा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेको थिए ।

सो कार्यक्रममा बोल्दै एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले देशैभर एमालेको पक्षमा जनलहर अाएकाे बताए । नेता ज्ञवालीले चितवनमा सुकुम्बासीलाई लालपूर्जा दिने भन्दै भ्रम सृजना गरिएको बताए ।

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेश कमिटी सदस्य सारदा कुमाल, जिल्ला सदस्य एवं वडा अध्यक्ष बाबुराम अधिकारी,जिल्ला कमिटी सदस्य अनोज जोशी, नेता रबिन्द्र बराल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : April 2, 2022 at 8:34 pm