१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

पञ्चेश्वर परियोजनालाई तेज गतिमा अगाडि बढाउन सहमतः मोदी

१९ चैत, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : April 2, 2022 at 2:17 pm