७ असार २०८३, आइतबार | Sun Jun 21 2026

खोटाङमा माओवादी र समाजवादी शून्य पार्दै एमाले, आज पार्टी प्रवेश गराउन जाँदै ओली

१९ चैत, काठमाडौँ । खोटाङमा माओवादी र समाजवादी शून्य पार्ने अभियानमा नेकपा एमाले लागेको छ । माओवादी र समाजवादीमा लागेका देखिएका र चिनियका नेता कार्यकर्ता सबै एमाले प्रवेश गराउने तयारी गरिएको छ ।

खोटाङमा यो सबै तयारीको मुख्य नेतृत्व एमालेका प्रमुख सचेतक विशाल भट्टराईले गरेका छन । आज मात्रै एक हजार भन्दा बढीलाई एमाले भित्राउने तयारी गरिएको छ ।

एमाले प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाँदै छन् । बिहान साढे १० बजे जाने भएका हुन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् ।

निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् ।

प्रकाशित मिति : April 2, 2022 at 8:09 am