२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री देउवालाई डा लोहनीको प्रश्नः के मित्रता कायम गर्न “लम्पसार” नै हुनुपर्छ ?

१९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री देउवाको भारत भम्रणमा भएको कुटनीतिक मर्यादाविपरितको गतिबिधिमा आपत्ति जनाउनुभएको छ । पूर्व अर्थ र परराष्ट्रमन्त्री समेत रहेका डा लोहनीले देउवाले दुई गल्ती गरेको बताएका छन ।

उनले भनेका छन, ‘सम्माननीय प्रा.म. देउवाले भारतमा दुईवटा नयाँ कुरा गरिसक्नु भयो । पहिलो उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन दोस्रो उहाँले बिजेपीको नेता भेट्न पार्टी ओफ़िस मै जानु भयो । मेरो प्रश्न: के मित्रता कायम गर्न “लम्पसार” नै हुनुपर्छ र ? आफ्नो मर्यादा आफैले राख्ने कि नराख्ने ?’

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ०७:५५