नेपाली कांग्रेसले नेतृत्व गरेको धनगढी उपमहानगरपालिकामा खोला तरेको पनि कर तिर्नुपर्ने
३० साउन, काठमाडाैँ । नेपाली कांग्रेसले नेतृत्व गरेको धनगढी उपमहानगरपालिकामा खोला तरेको पनि कर तिर्नुपर्ने भएको छ । कैलाली जिल्लाको एकमात्र धनगढी उपमहानगरपालिकाले अाफ्नै वरपरको खोला तर्दा समेत स्थानीयले कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।
धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुबै नेपाली कांग्रेसका नेता विजयी भएका छन भने वडा अध्यक्ष र वडा सदस्यमा पनि कांग्रेसकै बाहुल्यता देखिएको छ । अन्य स्थानीय तहले अनवश्यक कर उठायो भनेर अान्दोलन गर्ने कांग्रेस धनगढीमा भने अाफ्नैबाट जिल्लिएको छ ।
घाँस दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा नै दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ ठेकेदारले कर उठाउनेछन् । धनगढीमा रोचक त के छ भने चटपटे बेच्नेले २० र कुखुरामा २० रुपैयाँ कर लाग्नेछ ।
प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ०९:०२