दोस्रो बिबाह गर्ने पुरूष र महिला दुबैलार्इ कारबाही हुने, १ देखि ५ वर्षसम्म कैद
३० साउन, काठमाडाैँ । जानीजानी श्रीमान वा श्रीमतिले दुःख दिने उदेश्यले दोस्रो बिबाह गरे कडा कारबाही हुने भएको छ। नेपाली समाजमा पछिल्लो समय श्रीमान वा श्रीमतिले कानुनी रूपमा सम्बन्ध विच्छेद नै नगरी दोस्रो बिबाह गर्ने प्रचलन समेत बढेको बेलामा मुलुकी अपराध संहिता ऐनको विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७४ मा जानीजानी श्रीमान वा श्रमितिसँगै रहेको अवस्थामा दोस्रो बिबाह गर्न रोक लागइएको छ ।

ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरेको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गरिने ऐनमा उल्लेख छ ।
प्रकाशित मिति : August 15, 2018 at 8:41 am









