६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

१८ फागुन, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थापकहरुको नाममा रहेको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।

बैंकले १० संस्थापक शेयरधनीहरुको कुल १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। सो संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनेभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन बैंकले अनुरोध गरेको छ। उक्त अवधिमा आवेदन नपरेमा गैर संस्थापक शेयरधनीहरुलाई सो संस्थापक शेयर बिक्री गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : April 1, 2022 at 2:17 pm