१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

दैलेखमा समाजावादीमा गएकाहरू अध्यक्ष थापाको नेतृत्वमा एमालेमै फर्किने

१८ चैत, दैलेख । दैलेखको भगवत‍ीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किने भएका छन । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन ।

थापाको नेतृत्वमा समाजवादीमा गएका सबैजसो एमालेमा फर्किने तयारी समेत गरेका छन । उनीहरू केहीदिनमा हुने सुर्खेतको कार्यक्रमबाट एमालेमा सक्रिय रहेको घोषणा गर्ने तयारीमा छन । थापासँगै सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्किदैछन ।

अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । नेकपा एस समाजवादीमा सनाखत गरेका उनी आफ्नो सबै टिम लिएर एमालेमा फर्किन लागेका हुन ।

प्रकाशित मिति : April 1, 2022 at 11:47 am