२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका केदार क्षेत्री कारबाहीमा

१८ चैत, काठमाडाैँ । नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनकाे निर्णय गरेकाे हाे ।

बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेकाे एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका-१५ का वडा सदस्य जानुका रेग्मी, वडा-४ की वडा सदस्य डिला परियार, वडा-७ का दीपक कुमाललाई साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १०:३४