२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

नाट्टामा पाँच दलीय गठबन्धन विजयी, अध्यक्षमा रमेश थापा


१८ चैत, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा पाँच दलीय गठबन्धनका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एमाले सर्मथित प्यानलबाट सहकोषाध्यक्ष र एक जना सदस्य विजयी भएका छन । बिहीबार भएको निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।

मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक रमेश थापाले नेतृत्व गरेको पाँच दलीय गठबन्धनका उम्मेदवार धेरै पदमा विजयी भएका छन । थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा  विजयी भएका छन ।

अर्का अध्यक्षका उम्मेदवार विनय बस्नेतको प्यानलबाट सहकोषाध्यक्षमा गीता ढकाल रेजु कार्यसमिति सदस्यमा विष्णु पाण्डे विजयी भएका छन । नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १०:२९