७ असार २०८३, आइतबार | Sun Jun 21 2026

देउवालाई प्रचण्डको फेरि चेतावनीः सम्मानजनक हैसियत नपाए एमालेसँग मिल्छु

१७ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी गठबन्धनको विषयलाई लिएर फेरि चेतावनी दिएका छन । उनले बिहीबारको बैठकमा सम्मानजनक हैसियत नभए चुनावी तालमेल नहुने स्पष्ट पारेका छन ।

प्रचण्डले कांग्रेसले चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी समेत दिएको सत्तारूढ दलको बैठकमा सहभागी एक नेताले दैनिकीसँग बताए । उनले कांग्रेसले चुनावी तालमेलको विश्वासिलो आधार नदिएको भन्दै रोष प्रकट पनि गरे । प्रचण्डले चुनावी तालमेलमात्र ठूलो कुरा हैन सम्मानजनक हैसियत पनि महत्वपूर्ण कुरा हो भन्दै चेतावनी दिएका छन ।

कांग्रेसले केन्द्रीय कमिटीबाट तालमेलको नीतिगत निर्णय गर्दै कांग्रेस कमजोर भएको र चुनाव हार्ने ठाउँमामात्र तालमेल गर्ने निर्णय गरेको थियो । प्रचण्डले सम्मानजनक हैसियतामा चुनावी तालमेल गर्न तयार नभए कांग्रेसलाइ नै त्यसको घाटा हुने बताए ।

 

प्रकाशित मिति : March 31, 2022 at 9:48 pm