२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

१७ चैत, काठमाडौं । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् ।

ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १३:३७