२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

१७ चैत, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् ।

बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १३:३९