२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

मिथ्या र भ्रामक समाचार प्रवाह हुन थाल्यो, यसले विश्वसनीयतामा ह्रास आउँछ : प्रधानमन्त्री

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको परिवर्तनमा सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेको बताएका छन् । बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

सञ्चार माध्यम आवाजविहीनको आवाज रहेकाले देशको राजनीति सामाजिक परिवर्तनमा निकै भूमिका निभाएको प्रधानमन्त्री देउवाको भनाइ छ । मिथ्या र भ्रामक समाचार पनि प्रवाह हुन थालेको भन्दै उनले यस्ता समाचारले विश्वसनीतामा ह्रास ल्याउने भएकाले सचेत रहन आग्रह गरे ।

देशको विकासका लागि सञ्चार माध्यमको भूमिका अर्थपूर्ण हुने भएकाले आसन्न्न निर्वाचनमा पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनको विश्वास छ । समस्या र अप्ठ्यारा चिरेर सत्तारुढ गठबन्धनलाई अघि बढाउने प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ११:४३