६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नेपाल बैंकले गण्डकी प्रदेशमा भव्य रुपमा सम्पन्न गर्यो “ग्लोबल मनिविक”

१६ चैत, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशमावित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि “ग्लोबल मनिविक” भव्यरूपमा सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र यस प्रदेशका हरेक वर्ग र क्षेत्रकामा निसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनिविक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न”लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले गण्डकी प्रदेशमा अभियानकै रुपमा वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

फागुन ७ देखि १३ गते सम्म चामे मनाङ्ग, गोरखाको जौबारी, कास्की पोखराको पृथ्वीचोक, अमरसिङ्, बगर र हेम्जा साथै बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गरि ७ स्थानहरुमा यस बैंकका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेका छन् । बैंकले गण्डकी प्रदेशमा यस आर्थिक बर्षको शुरु देखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरेको र उक्त कार्यक्रमहरुबाट करिब १५०० व्यक्तिहरु लाभान्वित भएको बैंकले जनाएको छ ।

नेपालभर २१३ शाखाहरु, १४७ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेड प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ ।

प्रकाशित मिति : March 30, 2022 at 11:32 am