३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

बिहिबार नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कसकाे कति ?

१७ चैत, काठमाडाैँ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आज आरम्भ चौतारी लघुवित्त, प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो।

नेप्सेमा आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर समायोजन भएकाे हाे ।

समायोजनपश्चात आरम्भ चौतारीको शेयरमूल्य १,११६ रुपैयाँ ८६ पैसा कायम भएकाे छ । यस्तै, प्रभु इन्स्योरेन्सको  ७४३ रुपैयाँ २४ पैसा कायम भएको छ। यसैगरि, सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य ८९१ रुपैयाँ ३० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार आरम्भ चौतारीको १३३६ रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै, प्रभु इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यसैगरि सिद्धार्थ इन्स्योरेन्सको १०२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर बिहीबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : March 31, 2022 at 10:46 am