२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

नाट्टा नेतृत्वका लागि पाँच दलीय गठबन्धनविरूद्ध भिड्दै बस्नेत


१७ चैत, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् ।

मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन भने उनका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक हुन । पर्यटन व्यवसायमा उनको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बबताएका छन । थापाको समूहले पाँच दलीय गठबन्धनको समर्थन प्राप्त रहेको छ ।

अर्का अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने बताएका छन । बस्नेतको प्यानलले एमालेको समर्थन पाएको छ ।

बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी हुनुहुन्छ । त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन ।

त्यस्तै थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य प्रत्यासी हुनुहुन्छ । त्यस्तै सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, महेश कोइराला (दीपक), राम शोभित नायक, श्रद्धा जोशी र सवला भण्डारीले उम्मेदावरी दिएका छन ।

नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १०:२१