२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नुवाकोट ककनीका १३० विद्यार्थीलाई निःशुल्क पोशाक

१६ चैत, नुवाकोट । लायन्स क्लब अफ काठमाडौँ प्रणामी समाज र श्रीकृष्ण युवा परिषद् नेपाल वाग्मती प्रदेशले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को ठूलो चित्रेमा रहेको महाकाली आधारभूत विद्यालयमा नि:शुल्क पोशाक वितरण गरेको छ ।

श्रीकृष्ण युवा परिषद् नेपालको जिल्ला समितिको सहकार्यमा शुक्रबार १ सय ३० विधार्थीलाई पोसाक वितरण गरिएको लायन्स क्लब अफ काठमाडौँ प्रणामी समाजका काेषाध्यक्ष मनमोल गजुरेलले जानकारी दिए ।

कोषाध्यक्ष गजुरेलका अनुसार कार्यक्रममा विद्यार्थीलाई युवा जागरण प्रशिक्षण पनि दिइएको थियो । त्यस अवसरमा ककनी गाउँपालिका २ का वडाध्यक्ष केदार पौडेल, लायन्स क्लब अफ काठमाडौं प्रणामी समाजका भीम बगालेलगायतले सम्बोधन गरेका थिए ।

“उच्च संस्कार सहितको शिक्षा आजको आवश्यता” भएको महशुष गरेर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरिएको गजुरेलले बताए । उनले अरुको परोपकार गर्द आफ्नै उपकार हुने भएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १२:५३