बलेफी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
१६ फागुन, काठमाडाैँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : March 30, 2022 at 11:23 am


