१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सडक दुर्घटनामा एमाले नेता पौडेलको मृत्यु

१५ चैत, बाग्लुङ । बाग्लुङको निसीखोमा पिकअप भ्यान दुर्घटना हुँदा ढोरपाटनका एमाले नेताको मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा सवार एक जना गम्भीर घाइते भएका छन्।

निसीखोलाबाट बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोला नजिकै दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

ढोरपाटन नगरप्रमुखका स्वकिय सचिव कुशल बिकका अनुसार उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देहीका –३८ वर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाइते भएको बाग्लुङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईकवल हवारीले जानकारी दिए ।


उनका अनुसार पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको थियो । घाइतेको अवस्था गम्भीर रहेको र उनको वुर्तिबाङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । मृतक त्यस गाडी मालिक समेत हुन् ।

प्रकाशित मिति : March 29, 2022 at 9:51 pm